Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात कार्यालय बुटवल चार दिनका लागि बन्द


    सोमबार, माघ ३ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । यातायात व्यवस्था कार्यालय सवारी रुपन्देही चार दिनको लागि बन्द हुने भएको छ ।

    कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड संक्रमण भएको र अधिकाँसमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो । 

    कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

    ७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंसिक मात्र सञ्चालन हुने गौतमद्वा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार