Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँमै खपत हुन्छ दूध, नबिके छूर्पी


    सोमबार, माघ ३ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • तेह्रथुम । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।

    तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजार सम्म पुर्‍याएर बिक्री गर्नुपर्ने बाध्यता थियो ।

    तर,अहिले अवस्था फेरिएको छ । गाउँगाउँमा दूध सहकारी संस्था खुलेका छन्  । सहकारीले दूध संकलन गर्ने गरेका छन ।

    गाउँगाउँमा सडक सञ्जालहरु जोडिएसँगै यहाँका किसानको अवस्था फेरिएको हो । सहकारीले दूध संकलन सुरु गरेपछि बिक्री गर्न समेत सहज बनेको छ ।

    गाउँमै दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा गाईपालन गरी दूध बिक्री गर्दै आएका छन् ।

    छथर गाउँपालिका-२ का झमक कटुवालले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । कटुवालले दूध बिक्रीबाटै वार्षिक ३ लाख ५० हजार बढी आम्दानी गर्छन् ।

    झमकजस्तै यामबहादुर कटुवा पनि दैनिक २५ लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । 

    झमक र यामबहादुरजस्तै यहाँका किसानको मुख्य आम्दानीको स्राेत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँमै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सुरु गरेका छन् ।

    छुर्पी उद्योग सुरु गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष तथा छथर छुर्पी समूहका ब्यावस्थापक डम्बर बहादुर भट्टराईले बताए ।

    दूग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांक अनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लाको २८ वटा सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालले बताए ।

    गत दुई वर्षको तुलनामा जिल्लामा दूध उत्पादन दोब्बरले बढेको छ । संघले जिल्लाका दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न  स्थानीय, प्रदेश र संघ सरकारसँग साझेदारी गरेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

     १४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लाममा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार