काठमाडाैं । जनप्रतिनिधिहरूको तीन वटा संस्थाले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न माग गरेका हुन्।
‘निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
आफूहरूले समयमा नै निर्वाचन होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उनीहरूले बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ। तर सरकारले निर्वाचन मिति घोषणा भने गरिसकेको छैन।