Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन: महतो


    सोमबार, माघ ३ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताएका छन् ।विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उनकाे भनाइ छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक रूपान्तरणको  छलफलमा उनले समुदायको अठोटले मात्रै स्कुल बदलिने जिकिर गरे ।

    ‘अठोट लिए मात्रै विद्यालयलाई रूपान्तरण गर्न सकिन्छ,’ नेता महतोले भने, ‘विद्यालय परिवारले अभिभावकलाई विश्वास दिलाउनुपर्छ अनि मात्रै समुदायले आफ्ना बच्चा स्कुल भर्ना गर्छ ।’ चुनौतीसँग सामना गरेर अघि बढे मात्रै समृद्धिको मार्ग पहिलाउन सकिने उनले बताए ।

    सामुदायिक स्कुल रूपान्तरणका लागि बजेटभन्दा सामुदायिक पहलको जरुरी रहेको नेता महतोको भनाइ छ । ‘विद्यालयले अभिभावकहरूसँग छलफल गरेर शैक्षिक योजना बनाउनुपर्छ । त्यसअनुसार काम गर्नसके सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौं,’उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार