Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी


    सोमबार, माघ ३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन् ।  लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।

    डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेकाे छ । 

    नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता  गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।

    नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।

    अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार