Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा थपिए तीन कोरोना संक्रमित


    शुक्रबार, असार १२ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा आज थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा पनि थप तीन जनामा कोरोनाको संक्रमण देखिएको हो।

    शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको थियो।

    त्यस्तै शुक्रबार नेपालभरी थप ५ सय ९३ जनामा संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।

    मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार