Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः सुरक्षा परिषद्को पहिलो बैठकदेखि जापानको विनाशकारी भूकम्प


    सोमबार, माघ ३ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज १७जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    जापानको विनाशकारी भूकम्प

    सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो।

    सुरक्षा परिषद्को पहिलो बैठक

    सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।

    डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु

    सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार