काठमाडौं । आज ३ माघ २०७८, तदनुसार १७ जनवरी २०२२ सोमवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । पुँजी बजारको सहयोग पनि पाइनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ ।