Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीमा थप २६ मा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, असार १२ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एकरएक जना रहेका छन । यस्तै काठमाडौंका व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको हो।

    त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका १२ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एकरएक जना रहेका छन ।

    यो संगै कर्णालीमा संक्रमितको संख्या १४३३ पुगेको छ ।

    शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७२० पुगेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार