रौतहट । प्रदेश नम्बर दुईको प्रहरी कार्यालयले दुई प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बन गरेको छ। हुण्डी कारोबारमा संलग्न रहेका व्यक्तिलाई सहयोग गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको हो ।
प्रदेश दुईका डिआइजी धिरजप्रताप सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहटमा दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह, प्रहरी चौकी ब्रम्हपुरीमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिवकुमार झा र प्रहरी जवान दिनेश हजरासहित ३ जनालाई निलम्बन गरिएको हो ।
अवैध हुण्डी कारोबारमा संलग्न व्यक्तिहरुलाई प्रहरी सहायक निरीक्षक साह र प्रहरी जवान हजराले सहयोग गर्दै आएको भन्ने कुरा प्रमाणित भएपछि निलम्बन गरिएको डिआईजी सिंहले बताए ।
सिंहका अनुसार प्रहरी सहायक निरीक्षक झाले निलम्वनमा पर्नेको आचरणबारे थाहा हुँदाहुँदै सुध्रिन मौका दिएकाले उनलाई समेत कारबाहीको सिलसिलामा निलम्बन गरिएको हो ।