काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित ग्राभिटी कनसल्टेन्सीले स्किल भिसामा क्यानाडा पठाइदिन्छु भन्दै ठगी गरेको पाइएकोछ । कनसल्टेन्सीले २०७६ साललमा स्किल भिसामा क्यानाडा पठाइदिन्छु भन्दै प्रति ब्यक्ति ३०००० (तीस हजार)का दरले पैसा असुलेको खुल्न आएको हो ।
कनसल्टेन्सीले २०७६ साल जेठ ५ गते मदानपुर गाबिस १ नुवाकोटका माधव पाष्डेसँग तीस हजार,नुवाककोट दुईपिपल गाबिस २ का रामकृष्ण दाहालसँग तीस हजार र दुरागाँउ गाबिस ८ रामेछापका बासुदेव पौडेलसँग ३०००० (तीस हजार) रुपैयाँ लिएको खुल्न आएको छ । कनसल्टेन्सीले तीनै जनासँग तपाँइहरुसँग कतार एयरवेजमा काम गरेको अनुभव रहेछ सजिलै भिसा लाग्छ । भिसा प्रोसेसको लागि पहिला ३०००० (तीस हजार) रुपैयाँ दिनुस् भनि पैसा लिएको पिडित रामकृष्ण दाहालले बताएका छन् ।
तीनै जनाले ग्राभिटि कनसल्टेन्सीका सीईओ अजित कुमार भट्टराईलाई उनकै कार्यकक्ष पुतली सडकमा भेट गरि पैसा दिएको रामकृष्ण दाहालले बताएका छन् । यी त प्रतिनिधि पात्र मात्र हुन् यस्ता ठगी कनसल्टेन्सीले अरु धेरै जनासँग गर्ने गरेको छ ।ग्रायाभिटि कनसल्टेन्सीबाट ठगिएपछि तीनै जनाले कल गर्दा पनि सिइओ अजित कुमारले फोनसमेत नउठाउने गरेपछि बाध्य भएर मिडियामा आउनु परेको बताउँछन् माधव पाष्डे । यस्तो छ ग्राभिटी कनसल्टेन्सीले सर्वसाधारणसँग पैसा लिन प्रयोग गरेको इमेलको बिस्तृत बिवरण र इमेलमा प्रयोग गरेको भाषा ।