जनकपुरधाम । जनकपुरधामबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले १७ वर्षीय किशोर कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।
जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका १ घर भई जनकपुरधाम उपमहानगरपालिका १ बस्दै आएका १७ वर्षीय श्याम सहनीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।