Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँका दश स्थानीय तहः करीब सात अर्बको बजेट सार्वजनिक


    शुक्रबार, असार १२ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दमौली । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७र७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

    चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

    व्यास नगरपालिकाले एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले ५६ करोड ५३ लाख सात हजार रुपैयाँको बजेट ल्याएका छन् ।

    त्यस्तै ऋषिङ गाउँपालिकाले ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले ३३ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

    शुक्लागण्डकी नगरपालिकाले बाँझो जमिनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।

    नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिइन् ।

    ‘वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ’ उनले भनिन् ।

    विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडा स् एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिइन् ।

    जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार