Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियन लाइफको मृतक बिमा हस्तान्तरण


    आइतबार, माघ २ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । मुगुमा पहिलो पटक ड्राफ्ट चेकमार्फत रकम हस्तान्तरण गरिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगुले वार्षिक अग्रिम भुक्तानीअन्तर्गत जिल्लामै पहिलो पटक ड्राफ्ट चेकमार्फत मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । 

    एसियन लाइफ इन्सोरेन्यान्स कम्पनी उप शाखा मुगुमा वार्षिक अग्रिम भुक्तानी प्याकेजमा बिमा गराएका छायानाथ रारा नगरपालिका-८ टोप्लाका  २५ वर्षका टोपबहादुर विष्ट गत २६ असोजमा पिना बस दुर्घटनामा परी मृत्यु भएपछि मृतकको मृत्यु दावी रकम उनकी श्रीमतीलाई दुई लाख २० हजार २०० रकम हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्याेरेयान्स मुगुले जनाएको छ । 

    एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक अग्रिम  भुक्तानी बिमाअन्तर्गत  वार्षिक १३ हजार रुपैयाँ बुझाउने शर्तमा तीन वर्षको अवधिमा ३९ हजार जम्मा गरी वार्षिक अग्रिम  भुक्तानी बिमा गराएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा मुगुका प्रमुख मुकेश शाहीले जानकारी दिए ।   

    बिमित मृतक टोपबहादुर विष्ट गत २६ असोजमा छायानाथ रारा नगरपालिका-७ पिना बस दुर्घटनामा परी थप उपचारको लागि नेपालगञ्जमा मृत्यु भएको थियो । बिमितकर्ता लामाले पहिलो किस्ता १३  हजार कम्पनीमा जम्मा गराएका थिए । 

    विष्टको मृत्यु भएपछि उनले तीन वर्षमा पाउने कुल चार लाख बराबरको हो । तर, वैशाखको किस्ता नहाल्दा त्यसको आधा दुई लाख बराबरको रकम उनको घरमै पुगी उनकी श्रीमती गोरीकला विष्ट  र अन्य स्थानीय शिक्षकको रोहवरमा हस्तान्तरण गरिएको ईन्चार्ज शाहीले बताए । 

     मृतक दाबी रकमबाट उपलब्ध भएको दुई लाख रकम  एनआईसी बैकमा खाता खोली  जम्मा गरेको गोरीकलाले बताइन् । उनका दुई छोरा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार