Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालको जनसंख्या ३ करोड पुग्यो


    शुक्रबार, असार १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरका अनुसार नेपालको जनसंख्या ३ करोड पुगेको छ।शुक्रबार विभागमा राखिएको क्याल्कुलेटरमा नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो।

    सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ।

    जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।’विश्वव्यापी फर्मुला नै हामीले प्रयोग गर्ने हो’, चौलागाईंले भने, ‘आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्नु प्रमाणिक हुन्छ।’

    सन् २०११ को जनगणना र त्यसअघिको तथ्यांकहरूको आधारमा फर्मुला तय हुने चौलागाईंले बताए।

    ‘तीन करोड जनसंख्या हामीले गनेर तोकेको होइन’, उनले भने, ‘तर अबबाट तीन करोड जनसंख्या भन्न सकिन्छ।’

    उनले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार