Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा ३० गुणाले बढ्यो संक्रमण, गंगामा स्नान गर्न लाखौंको भिड


    आइतबार, माघ २ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । 

    कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन्। हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ । 

    शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

    भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार