Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री अनुपस्थित


    शुक्रबार, असार १२ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

    स्राेतका अनुसार एकलाैटी सरकार संचालन लगायत विभिन्न विषयकाे आलोचना छल्नका लागि बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् । शुक्रबारको बैठकमा उनी उपस्थित भएका छैनन् । सरकारको काममा बढी सयय दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    बुधबारको बैठकमा ओलीले आफ्नो मन्तव्य राखेका थिए । आज अन्य सदस्यहरु बोलिरहेका छन् । अर्का अध्यक्ष प्रचण्ड तथा सिनियर नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत ओलीको आलोचना गर्दै आएका छन् । अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न ओलीलाई दबाब दिइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए।

    बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामह सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । कार्यसूचीका विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार