Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम: तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने


    आइतबार, माघ २ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ ।

    हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ । आज वर्षा र हिमपातको सम्भावना छैन ।

    आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार