Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जर्मन बुन्डेस लिगा: लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित


    आइतबार, माघ २ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्याे । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । 

    म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे । 

    जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । उसको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ४० अंक रहेको छ । पराजित कोइन भने समान खेलबाट २८ अंक सहित आठौं स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार