Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीएम कप: क्लव र क्यानका सदस्यमा कोरोना देखिएपछि खेल स्थगित


    आइतबार, माघ २ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीमा कोरोना देखिएको छ ।

    शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण  भएपछि खेल स्थगित गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश एकका एक खेलाडीमा कोरोना देखिएको बताएको छ । 

    ‘प्रदेश एकको खेलाडीहरुको कोभिड परिक्षण गर्दा एक खेलाडीको मात्र पोजिटिभ रिपोर्ट आएको  क्यानले बताएको  छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

    यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।  स्थगित खेल भोलि (सोमबार) हुने र आज (आईतबार) का खेल नियमित समयमा सुरु हुनेसमेत क्यानले जनाएको छ । 

    आइतबार पीएम कपमा दुई खेल हुनेछ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार