Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्रेन्च लिग वान: एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता 


    आइतबार, माघ २ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ ।

    शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो । 

    खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।  

    जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार