Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमा विवाद बारे बाहिरियो भारतको धारणा, नेपाललाई जानकारी गराइसकेको दावी


    शनिबार, माघ १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आफ्नो धारणा सार्वजनिक गर्दै भारतले  नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।

    काठमाडौंस्थित भारतीय दूतावासले शनिबार प्रेस नोट जारी गर्दै नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको हो ।

    प्रेस नाेटमा संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उल्लेख गरेको छ । प्रेस नाेटमा भनिएको छ–‘घनिष्ट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिन्छ ।’

    केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जनाएका थिए ।

    मोदीको उक्त अभिव्यक्तिलाई लिएर सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, मुख्य प्रतीपक्षी एमाले, राप्रपा, विवेकशील लगायतका दलले आपत्ति व्यक्त गरेका छन् ।

    सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मोदी अभिव्यक्तिको विरोध गरेका छन् । दुई महामन्त्रीको उक्त विज्ञप्तिलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाबको रुपमा हेरिएको छ । सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन ।

    Screenshot (36).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार