Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विजयको निर्णायक गोलमा थ्री स्टार विजयी


    शनिबार, माघ १ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको  निर्णायक गोलमा  थ्री स्टार क्लब विजयी हुँदै  सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । 

     शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो । 

     विजयले राफेल रिमको पासमा सदुपयोग गरे । जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउदै शीर्ष चारमा उक्लियो । संकटा भने १४ अंकसहित पाचौं स्थानमा झर्‍यो । 

    यश अघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

    त्रिपुरेश्वरस्थित दशरथ दोस्रो मिनेटमा थ्री स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन ।

    चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।

    थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए । 

    त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

    ३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

    पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेन । आइतबार लिगमा दुई खेल हुनेछ ।

    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार