Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना संक्रमणमुक्त, ४ जनाको मृत्यु


    शनिबार, माघ १ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो  शुक्रबार तुलनामा  आज भने संक्रमितको संख्या केही कम देखिएको छ ।
    शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना संक्रमणबाट मुक्त भएका छन्।

    काठमाडौं उपत्यकामा मात्रै २ हजार २१९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार