Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० किलो चरेससहित महिला पक्राउ


    शनिबार, माघ १ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । १० किलो चरेससहित पर्साबाट एक महिला पक्राउ परेकी छिन्।

    पर्साबाट रक्सौलतर्फ हिँडिरहेकी महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ की रञ्जु देवी छन्। प्रहरीको नियमित चेकजाँचको टोलीले उनलाई वीरगञ्ज-१६ शंकराचार्य गेटबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

    देवीले ढाड र खुट्टामा चरेस बेरेर भारततर्फ लैजाँदै थिइन्। उनलाई हिरासतमा राखेर प्रहरीले लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार