Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द


    शनिबार, माघ १ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए । 

    हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

    यस्तै, गाउँपालिका अन्तर्गतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार