काठमाडौं । आज १ माघ २०७८, तदनुसार १५ जनवरी २०२२ शनिवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सांस्कृतिक काममा सरिक भइनेछ एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछ । सामाजिक क्षेत्रबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला, स्वास्थ्य पनि बिग्रनसक्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल