Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्सपेक्टर शाहीलाई हिरासतमा राख्न अदालतको अनुमति


    शुक्रबार, असार १२ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्र शाहीलाई थप ७ दिन हिरासतमा राखेर प्रहरीलाई अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

    ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका इन्सपेक्टर शाहीलाई जिल्ला अदालतले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

    बिहीबार इन्सपेक्टर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर (एनसीर्बी)ले ललितपुर परिसरबाटै पक्राउ गरेको थियो ।

    इन्सपेक्टर शाहीसँगै उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियासमेत पक्राउ परेका छन् । उनीहरुको साथबाट लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार