Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन खुकुलो गरेसँगै युरोपमा कोरोना संक्रमित बढे


    शुक्रबार, असार १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । युरोपमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ ।

    उसले यसलाई चिन्ताजनक भनेको छ ।  संगठनका क्षेत्रीय निर्देशक डा. हान्स हेनेरू क्लूगका अनुसार युरोपका ११ देशमा अचानक कोरोना संक्रमित तीव्र गतिमा बढेको छ । बिबिसीमा प्रकाशित समाचारका अनुसार अर्मानिया, स्वीडेन, माल्डोभा र नर्थ म्यासोडोनियामा संक्रमित बढेका छन् ।

    क्लूगले आफूले यसअघि संक्रमण पुनः आउनसक्ने खतरा रहेको बताउँदै आएकोमा अब त्यो यथार्थ भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    यसबारेमा सचेत नभए ती मुलुकको स्वास्थ्य व्यवस्था धर्मराउन सक्ने चेतावनी उनको छ ।

    यी देशहरूले लकडाउन खुकुलो पार्न सुरू गरेपछि मैले केही हप्ता अगाडिदेखि नै महामारी पुनः आउनसक्ने चेतावनी दिदैं आएको थिएँ, डा.क्लूगले भने, ुयुरोपका कयौं देशमा यो यथार्थ बनिसकेको छ। ३० देशमा पछिल्लो साता नयाँ संक्रमित बढेका छन्, ११ देशमा यसको गति एकदमै तीव्र छ ।

    हालसम्म युरोपमा २८ लाख बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ९५ हजार बढी मानिसको ज्यान गइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार