Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष


    शुक्रबार, पुष ३० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ ।  

    चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआईफाइले उनको तस्विर सार्वजनिक गरेको छ । 

    हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तिय सहयोग प्रदान गरेको एमआर्ईफाइभले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सवै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।  

    लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार