काठमाडौँ । डा. बाबुराम भट्टराई सामाजिक सञ्जालहरुमा निकै सक्रिय रहने व्यक्ति हुन्। दिनहुँ केही न केही बिषयलाई लिएर टिप्पणी गर्दै आएका भट्टराई पूर्वप्रधानमन्त्री समेत हुन्।
कुनैबेला सामाजिक संजालबाटै ‘ब्याक अफ ओली’ (प्रधानमन्त्रीबाट ओली हटाउ) भन्ने अभियान चलाएका जसपा संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले बिहीबार राति गरेको एक ट्वीट् निकै भाइरल भएको छ।
भट्टराईले अमेरिकी लेखक तथा वैज्ञानिक बेन्जामिन फ्र्यांकलिनको एक भनाइलाई ट्विटरमा अनुवाद गर्दै हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं भन्दै प्रश्न गरेका छन्। उनको यो प्रश्नमा धेरैले कम्नेट समेत गरेका छन्।
भट्टराईले लेखेका छन्, ओहो, कस्तो तिखो तर सत्य वचन -“धेरै मानिस पच्चीस बर्षमै मर्छन् तर उनीहरूलाई पचहत्तर बर्ष नपुगेसम्म गाडिन्न/जलाइन्न !!” – बेन्जामिन फ्र्यांकलिन। हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं ?’
ओहो,कस्तो तिखो तर सत्य वचन -“धेरै मानिस पच्चीस बर्षमै मर्छन् तर उनीहरूलाई पचहत्तर बर्ष नपुगेसम्म गाडिन्न/जलाइन्न !!” – बेन्जामिन फ्र्यांकलिन।हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं? https://t.co/TNqqG1ptOM
— Baburam Bhattarai (@brb1954) January 13, 2022
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend