डडेलधुरा । क्वारेन्टिनबाट आरडीटी गराउँदा नेगेटिभ रिपोर्ट आएपछि घर गएका एक व्यक्तिको मृत्यु भएको छ ।
केही दिनअगाडि भारतबाट फर्केर क्वारेन्टिन बसी घर गएका अजयमेरु गाउँपालिका–५ का २६ वर्षीय पुरुषको मृत्यु भएको अजयमेरू स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताए ।
गाउँपालिका– ५ गाल नजिकैको क्वारेन्टिनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडीटी गरिएको थियो । आरडीटी नेगेटिभ आएपछि घर फर्काइएका उनको गएराति घरमै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले जानकारी दिए ।
कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले पीसीआर नगराएर आरडीटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताएका छन् । मृतक युवकको स्थानीयले परम्परागत रुपमा दहासंस्कार गरिसकेका छन् । उनको मृत्युको कारण भने खुलेको छैन । अन्नपूर्ण पोष्टबाट