Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार, दुई दिनमा पीसीआर जाँच गर्ने


    शुक्रबार, पुष ३० २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

    प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् । 

    चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् । 

    माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार