Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण


    बिहिबार, पुष २९ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ । 

    दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । 
    स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका  कारण ३१ जनाको मृत्यु भएको छ। 

    दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ । 

    भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार