Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्य मन्त्रालयको निर्देशन: अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिनु


    बिहिबार, पुष २९ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो ।

    मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

    त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने केन्द्रले जनाएको छ ।

    helth.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार