Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रेस चौतारी इलाम अध्यक्षमा भीम चापागाईं


    बिहिबार, पुष २९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम । प्रेस चौतारी इलामको अध्यक्षमा भीम चापागाईं चयन भएका छन् । बिहीबार सम्पन्न प्रेस चौतारीको नवौं अधिवेशनले चापागाईंको अध्यक्षमा सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गरेको हो ।

    समितिको उपाध्यक्षहरूमा योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ, सचिवमा किरण पौड्याल, सहसचिवमा मनोज अधिकारी र सरिता राई, कोषाध्यक्षमा भगीरथ भण्डारी चयन भएका हुन् । त्यस्तै सदस्यमा वन्दना अधिकारी, तारा खाति, वविता मैनाली, शान्ति गुरुङ, गोविन्द लामिछाने, दीपक राई, मिलन मुखिया, बुद्धराज लिम्बु, विवश बलिभद्र कोइराला, सैरभी सुनुवार चयन भएका छन् ।

    अधिवेशनको अवसर पारेर प्रेस चौतारी पत्रकारिता पुरस्कार मनोज अधिकारीलाई प्रदान गरिएको छ । दश हजार रुपैयाँ राशिको सो पुरस्कार नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज राम रानाले अधिकारीलाई प्रदान गरेका हुन् । 

    इलाम खबर अनलाइनका सञ्चालक सम्पादक रहेका अधिकारी बुद्धबाणी एफएममा समाचार प्रमुखको रूपमा कार्यरत छन् । प्रेस चौतारीले स्थापना गरेको सो पुरस्कार यसअघि गणेश अर्यालले पाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार