Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीएम कपः एपीएफको लगातार तेस्रो जित


    बिहिबार, पुष २९ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । 

    बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा एपीएफले गण्डकी प्रदेशलाई दुई रनले पराजित गर्‍याे।

    ९३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ९० रनमा अल आउट भयो । गण्डकीलाई ९० रनमै रोक्न एपीएफका कमलसिंह ऐरीले सर्वाधिक तीन तथा किशोर महतोले दुई विकेट लिए । यस्तै अविनाश बोहराले एक विकेट लिए । 

    गण्डकीका कप्तान विपीन खत्रीले ३९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै विधान श्रेष्ठले २९ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

    यसअघि एपीएफका लागि प्रदीप ऐरीले १७, आशिफ शेखले १६, दिपक बोहराले १५ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

    गण्डकीका कमल परियारले सर्वाधिक तीन तथा विशाल पौडेलले दुई विकेट लिएका थिए ।

    प्रतियोगितामा लगातार तेस्रो जित निकालेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । समूह ‘बी’मा रहेको एपीएफको ६ अंक छ । दोस्रो स्थानको बाग्मती, तेस्रो स्थानको लुम्बिनीको दुई खेलबाट समान दुई अंक छ । यस्तै तीन खेलमा दुई अंक जोडेको प्रदेश २ चौथो र अंकविहीन गण्डकी पाँचौं स्थानमा छ । 

    समूहको शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार