Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विद्युत प्राधिकरणका सुपरभाइजर १ लाख ४० हजार घुससहित पक्राउ


    बिहिबार, पुष २९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा पाटनका सुपरभाइजर सोमप्रसाद पहाडीलाई १ लाख ४० हजार रुपैयाँ घुससहित बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

    पहाडीले गोदावरी नगरपालिका वडा नम्बर १ दमाइटारमा रहेको निजी जग्गामा प्राधिकरणले गाडेको पोल घर निर्माणका लागि सार्ने सार्नका लागि घुस माग गरेको सूचनाका आधारमा १ लाख ४० हजार रकम सेवाग्राहीबाट लिइसकेपछि अख्तियारको टोलीलेसमेत सुरक्षित रहेको नियन्त्रणमा लिएको छ ।

    पहाडीले घुस लिएकोे भिडियो र अडियो अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पहाडीलाई प्राधिकरणको ग्रिड महाशाखा पाटनको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार