Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाकाे आवेदन


    बिहिबार, पुष २९ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । 

    सर्वाेत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

    दोस्रो पटक आवेदन माग गर्दा निर्धारित समयसम्म अध्यक्षका लागि १५ जनाले निवेदन बुझाएको अर्थमन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार चितवनका अनिल पौडेल, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दर्ता गराएका छन् ।

    यसैगरी बोर्ड अध्यक्ष बन्न राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले आवेदन बुझाएको मन्त्रालयले बताएको छ ।

    यसअघिका आवेदक भन्दा केही नयाँ आवेदकहरुले पनि आवेदन दिएका छन् । खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका छन् ।

    बिहीबारसम्म प्राप्त निवेदकहरुलाई अन्तर्वार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार