Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई


    बिहिबार, पुष २९ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । 

    विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । 

    ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार