Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा बढ्दो घुसखोरी, एकै दिन दुई अधिकृत पक्राउ


    बिहिबार, असार ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार न्यूरोडका ब्यापारीको १० लुटपाटमा गरेको आरोपमा २ प्रहरीलाई नियन्त्रणमा लिएलगत्तै बिहीबार ललितपुर प्रहरीका इन्स्पेक्टर रुद्र शाही लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परे । बिहीबारै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक प्रकाशजंग कार्की ५० हजार घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो । सोही क्रममा दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बिष्टको भनाइ छ । जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

    ललितपुर प्रहरी परिसरमा कार्यरत इन्स्पेक्टर रुद्र शाहीले नै लागूऔषधको कारोबार गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले कार्यालयबाटै पक्राउ गरेको हो । उनले आफ्नै कारमा तराईबाट कोरेक्स नामक लागूऔषध ल्याउने क्रममा पक्राउ गरेको हो ।

    शाहीले तीन बोरो कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।
    बुधबार काठमाडौं प्रहरी परिसरका घुमुवा धिरेन बिष्ट र २ नम्बर गण महाराजगंजमा कार्यरत सिपाही गणेश चन्द न्यूरोडका ब्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ परेका हुन् ।

    दुई दिनको बीचमा एकपछि अर्को प्रहरी लुटपाट, घुसखोरी र लागूऔषध ओसारपसारमा पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये दुई जना त अधिकृत नै छन् । १५ दिनपछि अवकाश हुन लागेका आइजीपी ठाकुरप्रसाद ज्ञवालीलाई एकपछि अर्को प्रहरी अधिकृत घुस, लागूऔषध र लुटपाटमा पक्राउ पर्न थालेपछि नैतिक प्रश्न उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार