Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैरआवासीय नेपाली तिमल्सेना लन्डनमा सम्मानित


    बिहिबार, पुष २९ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन । धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ ।

    समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको सेवाका लागि एक कार्यक्रम गरी सम्मान गरेको हो ।

    सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउँदै तिमल्सेनालाई सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।

    तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए । झण्डै दुई दशकदेखि लन्डनमा बसोबास गर्दै आएका तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार