Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा ट्याटु खोप्न लागेका युवकको मृत्यु


    बिहिबार, पुष २९ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भइ हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेका छन्। 

    महानगरीय प्रहरी परिसर भक्तपुर स्रोतका अनुसार ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । 

    त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार