Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी


    बिहिबार, पुष २९ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि  अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो ।

    अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

    चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ । 

    अमेरिकामा भने पछिल्लो समयमा कोभिडको सुनामी नै आएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ ।

    त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन् । केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार