Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबै न्यायाधीशको सम्पति छानबिन गर्न माग


    बिहिबार, पुष २९ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो ।

    सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ ।

    यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।

    विरोध कार्यक्रममा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीको आन्दोलन न्यायालयमा गति प्रदान गर्नका लागि भइरहेको बताए । नेपाल समाचारपत्रमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार