Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यमनलाई ४ अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ


    बिहिबार, पुष २९ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । युद्धग्रस्त यमनका लागि यस वर्ष ३ अर्ब ९० करोड डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । गृहयुद्धमा फँसेको यमनमा लाखां मानिस भोकमरीको चपेटामा परेको राष्ट्रसंघको मानवीय सहायताका अधिकारीहरुले बताउँदै आएका छन् ।

    राष्ट्रसंघको मानवीय सहायता मामिलासम्बन्धी सहायक महासचिव तथा आपतकालीन उद्दार उपसंयोजक रमेश राजासिंघामले यमनका १ करोड ६० लाख मानिसहरुलाई भोकमरीबाट जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए । 

    यमनमा विगत सात वर्षदेखि गृहयुद्ध चलिरहेको छ । गृहयुद्धका कारण लाखौ मानिस छिमेकी मुलुकहरुमा विस्थापित भएका छन् । पछिल्लो समयमा यमनमा अन्तराष्ट्रिय समुदायले प्रदान गर्दै आएको सहयोग घटेको छ ।

    यही डिसेम्बरमा राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यमनलाई दिँदै आएको सहयोग कटौती गरेको घोषणा गरेको थियो । सहयोग कटौतीसँगै यमनमा थप भोकमरी बढ्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । भोकमरी र खडेरीका कारण यमनमा हरेक वर्ष हजारौं मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार