Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप


    बिहिबार, पुष २९ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोभिड-१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । 

    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

    यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खाेप लगाइँदै आएकाे छ । खाेप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएकाे छ ।
    सरकारले काेभिडविरुद्धकाे खाेप अनिवार्यकाे घाेषणा गरेपछि खाेप लगाउनेकाे भीड बढेकाे हाे । खाेप नलगाएकालाई सार्वजनिक सेवामा निषेधकाे घाेषणा कार्यान्वयनमा ल्याउने सरकारकाे तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार