Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ७ महिनापछि नाइजेयरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध


    बिहिबार, पुष २९ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

    बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

    प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् । बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ । 

    नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार