Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोमाञ्चक खेलमा बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा 


    बिहिबार, पुष २९ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । 

    बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । 

    रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १-१ गोल गरे । बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १-१ गोल फर्काए  । 

    खेलको २५औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १–१ को स्थितिमा पुर्‍याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २-१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो । खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए । 

    यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् ।  

    योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार