Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी तीन दिनको माैसम पूर्वानुमान: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?


    बिहिबार, पुष २९ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार